दफा ४०
नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्ने
(१) कुनै व्यक्तिले आफ्नो नाम ढाँटी अर्को मतदाताको नाममा मतदान गर्नको लागि मतपत्र लिन आएमा उम्मेदवार, निजको प्रतिनिधि वा सोही मतदान केन्द्रको कुनै मतदाताले एक सय रुपैयाँ धरौटी राखी मतदान अधिकृत समक्ष विरोध गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम विरोध भएमा मतदान अधिकृतले त्यस सम्बन्धमा आवश्यक कुरा बुझी तत्काल निर्णय गर्नु पर्नेछ र यसरी पर्न आएको विरोध र त्यसको निर्णय आयोगले तोके बमोजिमको निर्णय किताबमा तुरुन्त जनाउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम विरोध ठीक ठहरेमा मतदान अधिकृतले त्यस्तो धरौटी रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेछ र विरोध गलत देखिएमा त्यस्तो धरौटी रकम जफत हुनेछ ।
(४) उपदफा (१) बमोजिमको विरोध ठीक ठहरेमा त्यसरी नाम ढाँटी मतदान गर्न आउने व्यक्तिलाई मतदान अधिकृतले निर्वाचन कसूर तथा सजाय सम्बन्धी सङ्घीय कानून बमोजिम
जरिबाना गर्नेछ ।